म जान सक्छु कुनै दिन
रहर मारेर मलामी
म घस्न सक्छु कुनै दिन
सपना पोलेर खरानी
म भित्रभित्रै जलेर
मै उड्न सक्छु धुवाँ भै
म सुक्न सक्छु धर्तीको
प्यासले निल्ने कुवा झैँ
म सोच्छु बिना स्वार्थले
यो श्वास मसँग किन छ ?
म यात्री हुँ अनन्तको
यो यात्रा लक्ष्यहीन छ ।
वालिङ् २, अर्मादी
स्याङ्जा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० जेष्ठ २०८३, शनिबार 










