नारी श्रृष्टि माता हुन्
नारीले श्रृष्टि चल्दछ
यिनै सिर्जनाकी मूल
सबले यो बुझ्नु पर्दछ ।
घर परिवार यदि हेरौं
नारीबाटै त चल्दछ
नारी घरकी मियो हुन्
यिनको मान हुनु पर्दछ !
जगत ऋणी छ नारीको
मातृ– शक्ति सौन्दर्यको
आधार हुन् नारीहरु
काव्य– कला– उत्कर्षको !
नारीविहीन साहित्य
शुष्क र सौन्दर्यहीन छ
सुर नमिलेका स्वर सरी
निरस हुँदा त्यो नगन्य छ !
नारी हो तिमी ता हौ
अंधकारमा उज्यालो
यो कथन छ सत्य सदैव
अस्तित्व लाग्छ उकालो
नरनारीमा प्रेम भए
चाहना सबै पुग्दछन्
नारीको साथ पाएरैं
पुरुष सफल हुने गर्दछन् !
स्त्रीपुरुष सम्बन्ध सधैँ
मर्यादायुक्त भएमा
हाम्रो सनातन संस्कृति
आदर्श अनि जीवन्त छ !
सच्चरित्र सबै नारी
सधैँ आदरणीया छन्
सुकीर्तिका सौरभ हुन् यी
दुवै कुल यिनै तार्दछन् !
कवि टोल, विराटनगर १४



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० जेष्ठ २०८३, शनिबार 




