हैवान, माफ गर्नुस्, अलि बढी नै भएछ
राक्षसी स्वभावका, बर्वर भ्याकुर
सतहहीन भई उब्जेका कन्दमुल
अमानवीय अंशका जंगली #स्वाब,
ईर्ष्यालु भाकाका माकुर माकुर घुर…

दम्भरुपि बगैंचाका शालिन माली
द्वेष एरोटिज्मका विख्यात फ्रायद
विखण्ड तर वैभव, व्यग्र सायद
विष वमनका रसमा कलह हाली
घुटुक्क निल्छन्, हालीमुहाली

कानोको आँखा फोड्दै, लाटोको हात काट्दै
अनि अन्धोको जिब्रो थुत्दै, झ्याली पिट्दै भन्दे
अब इन्क्लाब हुन्नन् साहित्यका,
पक्षघातका पर्याय भए सबै इन्टेन्स्ड कविहरुका गिदी निकाली, तहखानामा थुन्दे

दिवाकार वैरोचनका अगाडि, रविभ्रमको चेष्टा
आक्रान्त शिशिरमाझ वरुण स्वयम् मिथ्या
मेरो सोचको गर्लाऊ अपहरण, अहंलाई नाकाबन्दी
विचारको उर्वर भूमिमा, हुन्न एक ब्रेनलेसले कुनै मन्दी

साहित्यमा कू लगाई गर्लाऊ सिर्जनामाथि कर्फ्यू
कठ्पुटलीलाई देखाऊ यस्ता भ्रामक भ्यू
म त्यो कानो होइन जसको आँखो फोडिएको छ
म त्यो लाटो होइन जसको हात काटिएकोछ
म त्यो अन्धो होइन जसको जिब्रो थुतिएकोछ
म रचनाको त्यो गिलोटिन हुँ, धार नै काफी छ
मेरा शब्दले नै धराशयी भएका छौ
फेरि के? एक पटक बोलेर नि देखाऊँ ?