पुगेपछि माथि मान्छेले औकात बिर्सिन्छन्
स्वार्थ पूरा गर्छन् सहयोगीको साथ बिर्सिन्छन्
के भन्नु आफ्नै आमा बालाई वृद्धाश्रम राख्छन्
अनि अमृतरुपि चोखो मायाको बर्सात् बिर्सन्छन्
पढेलेखेका समाजका लब्ध प्रतिष्ठित छोराहरु
आसामी घुम्छन् घरमा बाको लागत बिर्सिन्छन्
प्राण यो चरो कहिले जाला भन्दै रुँदारुँदा पनि
पानी खान पाउँदैनन् पानीको चाहत बिर्सिन्छन्
सिन्धुली
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला