कन्याको भारी जीउ
हाम्रो सरकार
कुन्तीले आह्वान गरेर
सूर्यपुत्र कर्ण जन्माउने
जस्ती कुमारी कन्या परिनन्
यो कस्को
समागम हो
यो भारी जिउ
कस्को तृप्ति हो
कस्को सन्तुष्टि हो
यो भारी जिउ
यो भारी जिउको
तृप्तिमा
यो समागमा
मुलुकले कति वटा तन्ना फेर्यो
मुलुकले कति पटक रङ रोगन गर्यो
यो भारी जिउको
पहिचान लुकाउन
खोज्दाखोज्दै
कतिवटा तन्ना फेरियो
कति पटक
रङरोगन गरियो
तर मुलुकको वस्त्र घट्दै गयो
ऊ अर्धनग्न हुँदै गयो
मुलुकको रङ खुइलिदै गयो
मुलुकको रङ हराउँदै गयो

यसरी हामी नाङ्गिदै गयौँ
र यसरी हामी खुइलिँदै गयौँ
र यसरी हाम्रो रङ हराउँदै गए

हामी आपस आपसमै नचिन्ने भयौँ

हामी आपस आपसमै युध्द गर्ने भयौँ ।