म तिमीलाई मेरो घरमा बास दिन्छु
आफ्नोपनको आभास दिलाउँछु
चौरासी व्यञ्जनले सत्कार गर्छु
देवताकै थानमा लगेर सजाउँछु

म तिमीलाई इज्जत दिन्छु
सुटबुटले सिँगार्छु
हाँस्नेबोल्ने स्वतन्त्रता दिन्छु
प्रेमले सर्वाङ्ग रङ्गाउँछु

म तिमीलाई नयाँ नाम दिन्छु बदलामा
म तिमीलाई नयाँ पहिचान दिन्छु
के
स्वीकार्य
छ ?

००

धरान