
सुन्दर,शालीनता
अनि
सुमधुर मुस्कानले
भरिएको तस्वीरमा
धेरै कुराहरू लुकेका हुन्छन्
प्रत्येक तस्वीरको आफ्नै
एउटा कथा हुन्छ
कुनै न कुनै भावको
चिह्न छोडेको हुन्छ
कति थोक जोडेर
राखेको हुन्छ
एउटा तस्वीरले
टाढिएका इष्ट-मित्रलाई
सँगै जोडेर राख्छ
यसले विगतका
सुन्दर र मीठो यादलाई
सदैव ताजा र जीवित राख्दछ
समय बित्दै जान्छ
यादहरूमा कुइरोको
बादल छाउँछ
एक पल्ट फेरि
ती यादहरूलाई
सजाउने प्रयास गर्छ
यही तस्वीरले
मीठो – मधुर
मुस्कानको पछि
केही न केही
पीडा लुकेको हुन्छ
सुमधुर मुस्कानले
भरिएको तस्वीरमा
धेरै कुरा लुकेका हुन्छन् ।
****
असम, भारत



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
