सगरमाथाभन्दा माथि कुनै उचाइ छैन
तिमी मेरो जीवनको त्यो उचाइमा छौ
जहाँबाट अरु चुचुरा साना लाग्छन्
भनुँ, तिनको केही अस्तित्व छैन
तिमी सगरमाथा बन्नु
कठ्याङ्ग्रिदा र घामको रापले पोल्दा
दुईचार कुरा मलाई भन्नू

तिमी रवि हौ मेरो जीवनको
जसको छेउमा पुग्नासाथ सयौं ग्रह र उपग्रह पग्लिएर विलिन हुन्छन्
विलिन हुनेहरूभन्दा मलाई उज्यालो दिने रवि नै मनपर्छ
भावनाका तरंगहरू अक्षरमा उतार्ने कवि मनपर्छ
तिमी मेरो जीवनलाई न्यानो र उज्यालो पार्नु
म तिम्रो सुन्दरताको राप र तापमा मोहित हुनेछु
तिमी एक हौ, अनेक कहिल्यै छैनौं

रातमा तिमी आकाशमा चम्किरहनु
लाखौं ताराका अघि गम्किरहनु
तिमी सारा ब्राह्मणलाई शितल प्रकाश दिनेछौं
मान्छेका सारा दुःख र पीडा आफूमा लिनेछौं
तिमी एकै छौ पूर्णिमाको चन्द्रमाजस्तै
जो हरदम मेरो जीवनलाई चम्काइरहेछौं
मेरो जीवनमा उज्यालोका साथसाथै शितलता दिइरहेछौं
मलाई लाखौं तारा होइन तिमी एक भए पुग्छ
तिमी पर नहुनु यो मन साह्रै दुख्छ

यो ब्राह्मण अनि हावा एकै छ
जो सारा सृष्टिलाई घर दिन्छ, भर दिन्छ
तिमी यो पृथ्वीजस्तै छौं
मलाई घर दिन्छौं, अनि मेरो जीवनमा भर
घर र भर दिने भगवान् बाहेक को हुन्छ ?
तिमी मेरो भगवान् हौ
म बाँच्छु, हाँस्छु अनि तिम्रै गीतहरूमा नाच्छु

यो पवन चिसो मौसममा तिमीलाई थप्पड मारेर म सामु आउँछ
हेर न तिमीलाई छोएर आएको भन्दै मलाई गिज्याउँछ
एकै पवन तिमी लिन्छौं, म लिन्छु
ऊ बिना हाम्रो अस्तित्व कहाँ छ र ?
अनि, तिमी बिना मेरो
तिमी मेरो जीवनको अक्सिजन हौं
म बाँचु तिमी चाहिन्छ, म हाँसु तिमी नै चाहिन्छ
हामी कसरी अलग हुन्छौँ र ?

विदुर–१, नुवाकोट, नेपाल