चल्दै छ फोहोरी खेल, छैन प्रष्ट कही कतै
भ्रष्ट छ अर्थ र तन्त्र, कुहिएर जता ततै।
आफै धामी आफै झाक्री, आफैछन् खलनायक
देख्दैछन् सपना बन्ने, देशमा अधिनायक।।
बेच्दैछन् देशको श्रम, बन्दैछ देश निर्जन
बढ्दैछ कुटिल तन्त्र, भ्रष्ट र अति दुर्जन।
बनेर सती सावित्री ,गर्दैछन् न्यृत्य तान्डव
कपटी सकुनी हेर, खोज्दैछन् बन्न पाण्डव।।
बन्दैछ देश समाज, अर्थले परनिर्भर
माथी देखि तलसम्म, देखिन्छ अति जर्जर।
गर्दैछन् झुटको खेती, हजारौ बनि शासक
छोटे राजा अझै उग्र, बन्दैछन् राष्ट्र घातक।।
‘जननी जन्मभूमिश्च, स्वर्गादपि गरियसी’
थियो आदर्श पुर्खाको, के लाग्छ बिर्सिए पछि।
स्वार्थमात्र लुकेको छ, कहाँ पो छ निस्वार्थता
बढ्दैछ दिन दिन मात्र, जनताको दरिद्रता।।
राष्ट्रघाती कुलिन तन्त्र, चल्दैछ समयसँगै
हुनेछ श्रीलंका एक दिन, सम्वृद्ध बन्नेछ सँगै।
जनताको आशाको दियो, बल्नेछ उज्वल बनि
निरंकुश ढलेरै जान्छ, इतिहास् जिउँदो छ नि।।
रामारोशन ४, अछाम, नेपाल



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

