
मामाले टीका लगाई
हातमा खाम दिनु भो
ठूलो मान्छे हुनु है
मनेर काखमा लिनु भो
खामभित्र के के छ
भन्नुभयो मामाले
सुटुक्क हेर्न पर्छ है
भन्नुहुन्छ आमाले
नयाँ छ कि पुरानो
थोरै छ कि धेरै छ
खोलेर हेर्न थालेको
पैसा हैन के रैछ
बाक्लो चिप्लो कागज
छैन केही भरेको
खाली चेक रहेछ
मामाले सही गरेको ।
पोखरा म.न.पा.-२४
कास्की



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
