हाम्रा आस्थाहरूमाथि
हाम्रा विचारहरूमाथि
हाम्रा मनहरूमाथि
हाम्रा शरीरहरूमाथि
अत्याचारका बमहरूले
असहिष्णुताका गोलीहरूले
विभेदका छर्राहरूले
गरिरहेको छस् निरन्तर हमला !

हामीले माग्यौं त
हाम्रै आस्थाका आँखाहरू माग्यौं
हामीले माग्यौं त
हाम्रै कोमल मनहरू माग्यौं !
हामीले माग्यौं त
हाम्रै स्वतन्त्रताका शरीरहरू माग्यौं !
हामीले माग्यौं त
हाम्रै विचारका मगजहरू माग्यौं !
के यी कुराहरू माग्ने हक थिएन हामीसँग ?

तर त्यसको बदलामा
तैंले पठाइरहेको छस् हामीलाई
असमानताका पुलिन्दाहरू
कपटका बाकसहरू
जालसाजीका पार्टपुर्जाहरू
धोकाका भकुण्डाहरु !

हे इजरायल !
कति हान्छस् हान् हामीलाई
कति लडाउँछस् लडा हामीलाई
कति मार्छस् मार् हामीलाई !
आतङ्कको सहनाइ बजाएर
युद्धको उन्मादमा !
जति अन्धो बन्छस् बन् !
नबिर्सी
सहनुको हद नाघेर
विभेदको च्छो रोल्पा भरिएपछि
अवश्य भत्किनेछ तेरो अन्यायको बाँध
र बग्नेछन् अत्याचारका फाँटहरू !
सखाप भएर !

वागमती ११, कर्मैया, सर्लाही