
शायद अस्ताउँदैछन् सूर्यहरू
हराउँदैछन् ज्योति दिनहरूका
उब्लिदैँछन् चहक रङहरूका
बल्दै गरेको दियोको तेल सकिएझैँ
सकिँदै छ ऊर्जा सुस्तरी
कसैले पत्तो नपाउने गरी
जरा सुकेको रुखको जस्तै
उजाडिँदैछ जीवन शनै: शनै :
ठूला सपना बोकेर आकासिएको बाफ अकस्मात् चिसिएझैँ, गह्रुङ्गिएझैँ
थाम्न नसकेर आफ्नै बोझ
तप तप चुहिएझैँ भएको छ नियति
बाफको पीडाले गडगडाउँदैछ आकाश
रुँदैछ एकान्तमा धुरुधुरु
बग्दैछन् आँशुका भेलहरू
एउटा कुनामा अनायासै फुलेको थुङ्गा
थाम्न नसकेर ऋतुको प्रहार
ओइलाउँदै छ शिशिरको प्रपातले
इच्छाएजति सुवास छर्न नपाउँदै
झमक्क मुर्झाउँदै छ
सुटुक्क बिलाउँदैछ ।
अर्घाखाँची



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
