योगसाधना
खुसीको उज्यालोमा
स्वस्थ जीवन !

गहिरो सास
प्रकृतिको गतिमा
शुद्ध आनन्द
बाहिरी मृत्यु अघि
भित्री शान्ति खोज्नु छ !

ढिलो र स्थिर
खुसीले जरा गाड्दा
ऊर्जा प्रवाह
चिन्ता डर छोडेर
सद्भावमा बाँच्नु छ !

अनन्त सुख
शान्तिमय आनन्द
योगसाधना !

महाङ्काल – ४, कालेश्वर, ललितपुर