
मैले बोल्ने हरेक बोलीमा
आवाज बनी तिमी आउँछौ
मैले पढ्ने हरेक किताबमा
अक्षर बनी तिमी छाउँछौ
प्रश्न नगर प्रिय, मेरो मायाको
सागरको गहिराई आफैँ बोल्दैन र !
परीक्षा नलेऊ प्रिय, मेरो प्रेमको
सूर्यको प्रकाशलाई जाँच्न पर्छ र !
मैले बोल्ने हरेक बोलीमा
आवाज बनी तिमी आउँछौ
मैले पढ्ने हरेक किताबमा
अक्षर बनी तिमी छाउँछौ
नसकुँला प्रिय, दिन धेरै सुन
तर पाउनेछौ ममा, कुबेर मन
हुँला म गरीब, धनको भिखारी
तर हूँ म प्रिय, तिम्रो प्रेम-पुजारी
मैले बोल्ने हरेक बोलीमा
आवाज बनी तिमी आउँछौ
मैले पढ्ने हरेक किताबमा
अक्षर बनी तिमी छाउँछौ ।
हरिवन, सर्लाही
हाल : ललितपुर



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
