
आँखा निभाएर
हात नचलाएर
एकटक्क अड्याएर खुट्टाहरू
कुनै निर्जीव चट्टान झैँ बाचाल
अहँ रहन सकिन्न ।
रहनुको अर्थ
आँखा घुमाउनु हो
कसेर मुट्ठी हात उठाउनु हो
कहिलेकाहीँ झोंकमा
बजार्नु हो
न्वारनको बलले खुट्टा ।
पत्याउनुस्/ नपत्याउनुस्
धोकेबाज सत्तुर को घरतिर फर्किएर
‘असभ्य’ बन्दै
तथानाम गाली गर्नु पनि
हो रहनुकै प्रमाण ।
रहिन्न पो तब
जब
कोही सनकी
निभाउन अह्राउँछ दम्भले
खुला आँखाका सूर्यहरू
र हामी सोध्न सक्दैनौँ
केका लागि ?
मैसुफ फेरि उही अन्धकार
आखिर केका लागि ?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
