फाइल
यस्तो जिनीस रहेछ
जुन
कसैको इशारामा
दराजमा थन्क्याउन मिल्ने
सरक्क झिक्न पनि मिल्ने !

फाइल
यस्तो जिनीस रहेछ
जुन
कसैको मिलोमतोमा
हरायो भन्न मिल्ने
भेटियो भन्न पनि मिल्ने !

फाइल,
यस्तो जिनीस रहेछ
जुन,
कसैको आदेशमा
धुलो जमाउन मिल्ने
धुलो टकटक्याउन पनि मिल्ने !

फाइल
यस्तो जिनीस रहेछ
जुन
कसैको तजबिजमा
सजिलै खोल्न मिल्ने
बन्द गर्न पनि मिल्ने !