
एक दिन आगोले भन्यो
मलाई लर्तरो नसोच्नु
मेरो दाँत छैन नभन्नु
मेरो निल्ने किलकिले छैन नभन्नु
मेरो आँखा, मुख, नाक, कान, छाला
याने कि इन्द्रियहरू छैनन्, नसोच्नु
म बौलाएको दिन
फिलिङ्गोबाट डढेलो बन्न सक्छु
दिशाहीन भएर हावाजस्तै फैलिन सक्छु
म ढुङ्गा चपाउन सक्छु
म जङ्गल निल्न सक्छु
म घर, गाड़ी, राजदरबार, महल सबै
एक एक गरी ध्वस्त पार्न सक्छु
म आगो हुँ…
यसैले म पानीसित लड्न सक्छु
दमकलहरूसित झेल्न सक्छु
म गाउँ खान सक्छु
बस्ती निमिट्यान्न पार्न सक्छु
डल्लै शहरको भौतिक संरचनाहरू
स्वाहा ! पारेन
उसको अस्तित्व, शान र इतिहास नै
क्षणभरमा नै माटोमा मिलाउन सक्छु
म आगो हुँ
यसैले म विनाश हुँ
हरेक अस्तित्वको अन्त्य हुँ
म त शून्यताबाट निस्केर शून्यतामा हराउने
पञ्चतत्त्वको अन्तिम सत्य हुँ
हो म आगो हुँ… ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
