आशा गर्नु एउटा कुरा
प्राप्ति फरक हुन सक्छ
सधैं क्षितिज नसम्झे हुन्छ
हात हात छुन सक्छ

पराइको पर्याय बनाइ
सधैं टाढा नभए हुन्छ
तिरस्कार अति गर्दा
कहिले मन छुन सक्छ

अन्धकार र सपनामा
एकै फरक हुन सक्छ
उज्यालोको उपस्थितिमा
उपलब्धि गुम्न सक्छ

प्रतीक्षा म गर्छु भन्ने
हिँडिसकेको हुन सक्छ
त्यागिएका मनहरूले
बरु साथ दिन सक्छ

काठमाडौँ