शिशिरको पालुवाजस्तै, मन उजाडियो
मरिसकेको दिलमा बसेको एउटा आकृति उजाडियो
आँखा पहिल्यै रित्तिएका थिए, भरोसा नि उजाडियो
बाँकी के छ र ! रित्तो जिन्दगी ! त्यो पनि बढारियो

गोरेटोमा भेटियो, बीचैमा बाटो मोडियो
सेतो गुलाव, लुछेर फालिएको कौमार्य
कुइनेटामा राताम्मे लाश भेटियो
तिमीले फेरेको काँचुलीमा मेरो भविष्य लेखियो

बिना गणित जोडियो, चौबाटोमा गुणन गरियो
भ्रूण, दल, जरा, बोट, कोपिला, फूल कता कताँ जोडियो
सामाजको बगैंचामा दुर्गन्धित बनाइछाडियो
भूमिका उस्तै ! गोडमेल मेरो गरियो

झूटो दिलमा बास बस्यौ ! फेरि छोडियो
बासनाको पछि लाग्यौ, घृणा जोडियो
प्रकृति हुँ ! जननी हुँ ! भन्ने अहंकार तोडियो
पत्रपत्र खोतलेर बिचलित बनाइछोडियो

तिम्रो बस्तीमा कोमल फक्रियो ! मेरो सासै रोकियो
जित्नु, पाउनुको परिभाषा फेरियो, सँगैको यात्राको अर्थ फेरियो
यादको मलामी जाँदाजाँदै हत्केलाको रेखा फेरियो
फरक यात्रीको साथमा जिउनुको अर्थ सकियो ।