
माैसम चिसाे छ, खल्ती रित्ताे छ
रित्ताे खल्तीले धम्काइरहेछ
सुत, भाइ सुत
रित्ताे खल्ती हुनेहरू
बाठाे बन्ने हैन
खल्ती, खल्तीले पनि बाेल्ने रहेछ
रित्ताे खल्ती हिँड्नेहरूलाई
खल्तीले पनि धम्काउने रहेछ
खल्तीले जाडो ल्याँउदाे रहेछ
खल्तीले गर्मि ल्याउँदाे रहेछ
खल्ती त खल्ती हाे
खल्तीले मान्छेकाे औकात देखाउँदाे रहेछ
जमानामा अर्यालजीलाई भुँडीले दुखः दिएकाे थियाे
अहिले मलाई
खल्तीले दुखः दिइरहेछ
खल्तीमा हुनुपर्ने हात्तिले पनि भाेलि भाेलि भन्दाेरहेछ
नघुसारम भन्याे
जाडाे छ, हात आफैँ खल्तीमा घुस्दाे रहेछ
साँच्चै हाे यार
रित्ताे खल्ती त साह्रै बिझाउँदाे रहेछ ।
रत्ननगर न पा ३, शान्तिचाेक



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
