मैले टेकेको यो धर्ति भासिने छ
महासागरमा ठूला पहाड खडा हुनेछन्
महासागरको पानी जमिनमा आएर राज गर्ने छ
महासागर बनाउने छ यो धर्तीलाई
कयौं सगरमाथाहरू अहिलेको समुद्रमा  खडा हुने छन्
थलचरका जीवहरू जलचर हुनेछन्
जलचरका जीवहरू थलचर हुनेछन्
उल्टिने छ चक्र
पल्टिने छ पासा
बदलिने छ समय
यहाँ एक महाभूकम्प जानेछ
प्रलय आउनेछ
अहिलेको यो व्रह्माण्ड
त्यो समय बदलिसकेको हुनेछ
यसरी कि उहिलेका चप्पल पट्काउने नेताहरू
जसरी अहिले चिल्ला कारमा सवार हुने गर्छन्
बदलिने छ मौसम
यो युग जस्तै त्यो युग रहने छैन
यति परिवर्तन हुने छ कि
झुप्रोमा बसेर महलका सपना देख्नेहरू
अहिले वास्तवमै महलमा बसे झैँ
एक छाक नपाउने मरञ्च्यासेले
दुनियाँ छलकपट गरेर
अहिले थरिथरि परिकार खाएर डकारे झैँ
हो यस्तैगरी हुने छ परिवर्तन कालान्तरमा ।

बाजुरा