
मलाई जज गर्नु छैन तिम्रो जिन्दगीको
तिम्रो हुर्काइ भोगाइले तिम्रो जिन्दगी मेरो सोचले बुझ्दैन
तिम्रो वर्तमान हेरेर तिमीप्रति नकारात्मक दृष्टिकोण राख्नु छैन मलाई
मेरो सोच सीमित छ
त्यसैले मलाई जज गर्नु छैन तिम्रो जिन्दगीको
तिम्रो कुरा काट्नु छैन मलाई पछाडि पछाडि
तिम्रो पनि त कथा छ आफ्नै भोगाइको
म आफूलाई सही हो कसरी भनूँ अनि तिम्लाई गलत
शायद तिम्ले मलाई गलत गर्यौ होला तर म मान्दिनँ
गलत तिम्ले गर्दैनौ, समयले गरेको हुन सक्छ
त्यसैले मलाई जज गर्नु छैन तिम्रो जिन्दगीको
म त जिन्दगीलाई एउटा समयको खेल भन्छु
यदि कसैले चोट नदिए, म कसरी म हुन्छु
तिमी होइन जसले चोट र धोका देखाउँछौ, त्यो त समय हो
यदि त्यो नहुने हो भने म कसरी बलियो हुँला र ?
त्यसैले मलाई जज गर्नु छैन कसैको जिन्दगीको
अनि म तिम्रो सोच कसरी गलत हो भनूँ र
जबकि म आफ्नो सोच ऋतुझैँ परिवर्तित देख्छु
शायद तिमी पनि त समयको चक्रमा छौ, परिवर्तित छौ
त्यसैले मलाई जज गर्नु छैन कसैको सोचको
मलाई नि तिम्रो असफलताले तिमी कम्जोर हो भन्ने लाग्दैन
शायद तिम्ले तिम्रो जिन्दगीको पूरा ऊर्जा प्रयोग गर्न पाएको छैनौ
शायद तिम्रो समय आएको छैन, किनकि हरेक मानिसको शक्ति बारबार देख्छु
त्यसैले त मलाई जज गर्नु छैन कसैको जिन्दगीको ।
- धुम्बाराही ४, काठमाडौँ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

