
एक
नघोच मलाई
हृदय रून्छ
अभीष्ट मेरा
अधूरै रहँदा
विकल्प केवल
एउटै रह्यो
देश छोडी
नगई भएन ।
दुई
हिँड्दैछु म त
कुतीको बाटो
काशी जानलाई
सदियौंको साइनो
तोडेर जान
थिएन मन त
नेपाली हामी
इमान्दारका खानी
नूनको सोझो
नगरी भएन ।
तीन
जनताको तस्वीर
लिएर म त
जाँदैछु टाढा
हुँदैन होला भेट
हिजोको जस्तो
बुझाउनेछु चित्त
मातृभूमिको तस्वीर हेरेर ।
पाल्पा, कुसुमखोला



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
