
ज्ञानोज
देखिँदैन त्यो सबै कुरा
सकोस् जसले छर्लङ्ग पार्न
भनिदैन ती सबै कुरा
सकोस् सबैको जिज्ञासा मार्न
भेटिँदैन त्यत्तिकै कहीँ
गर्नुपर्छ आफैँमा मनन
लेखिँदैन सबै किताबमा
सक्नुपर्छ आफैँले बुझ्न…
कोही पनि छैन त्यस्तो
सकोस् कसैको मूल्य चुकाउन
जबसम्म तिमी आफैँ चाहँदैनौ
सक्दैन कसैले तिमीलाई झुकाउन
सबै कुरा बुझेको मान्छेले नै
सक्छ यहाँ सबै कुरा त्याग्न
उसको त्याग र तपस्यालाई
कहिले सक्दैन दोस्रोले बुझ्न
देखिदैन त्यो सबै कुरा
सकोस् जसले छर्लङ्ग पार्न।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
