तिम्रा हरेक दुःखमा
म छु है साथमा
हर क्षण हर मोडमा
म छु है माझमा

के निदरी, के होशमा
म छु हर सोचमा
के आँशु के हर्ष
म छु हर पलमा

तिम्रा हरेक दुःखमा
म छु है साथमा
हर क्षण हर मोडमा
म छु है माझमा ।

हरिवन, सर्लाही
हाल : ललितपुर