ऊ शेर हो
शक्तिशाली शेर
जंगलका सबै जनावरले
स्वीकारे पनि नस्वीकारे पनि
देशका जंगलमा
प्रधान हुनलाई सहमतिमा
शेरहरू फेरिइरहन्छन्
पालैपालो शेर हुन्छन्
जवान शेरहरू हुँदाहुँदै
बूढा शेरहरू मात्र
कुनै शेर चारआली जंगलको
कुनै शेर बर्दिया जंगलको
कुनै शेर चितवन जंगलको
शेर त हुन
तर
यी शेरको पञ्जाले काम गर्दैन
दाँत र दाह्राले पनि काम गर्दैन
मात्र गर्जन र हुँकार निकाल्छन्

बूढा शेर
यी चिडियाखानाका शेरजस्तै हुन्
आफैँ शिकार गरेर खान पनि नसक्ने
अरुले नै आहार जुटाउनु पर्ने
त्यो अरु भित्र
कि
चितवनको शेर
कि बर्दियाको शेर
कि चारआलीको शेर पर्छन्

बच्चाहरू तर्साउन
चिडियाखानको शेर
यौटा रमाइलोको लागी
गर्जन निकालेर
शेरको परिचय दिन्छन्

आफ्नो पालो सकिएपछि
कुन जंगलको शेर हो
त्यहीँ फर्काइदिने
र अर्को जंगलको शेरको पालो !