
डा. वीरेन्द्र केसी
नून माग्दा सुन दिने झुटो सपना बाँड्नेहरु
सप्तरंगी सपना देखाई दाजुभाइ भाँड्नेहरु
होस गर भइसके जनता झुट र चटक चिन्ने
डाइनोसरझैँ मेटिनेछौ अब पनि ढाँट्नेहरु
रोजगारीको आशा देखाई बेरोजगार गन्नेहरु
फगत वाचा काम चाहिँ भोलि भोलि भन्नेहरु
हाम्रो देशको राजनीतिमा विस्थापित यी हुनैपर्छ
चुनावताका मात्र बाटो कुलो नहर खन्नेहरु
माफिया र गुण्डा अनि दुष्टसँग साइनो जोड्ने
सुशासनको कुरा गर्ने कुशासनले सीमा तोड्ने
अझै पनि उनै नेता उनै टिक्ने उनै बिक्ने
जाग युवा चेत लिई लक्ष्य बनाइ इतिहास मोड्ने
थोरै पढाइ न त जागिर हिजोसम्म चप्पल लाउने
आज बस्छन् महलमा उनै हाम्रो देश चलाउने
यस्ता नेता नफेरेसम्म देशको मुहार फेरिँदैन
ब्युँझ युवा अबेर भयो देशमा नयाँ दीप जलाउन



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
