निश्चल श्रेष्ठ

भरिएका पेटहरुलाई
भोको पेटहरुको चित्कार
सधैं नकारात्मक नै लाग्छ,
र भन्छ, कस्तो नबुझेकोे ?
केही गर्नै दिंदैनन्,
यस्तो पाराले कसरी समृद्धि आउँछ ?
अनि, भोको पेटले
आन्द्रा निमोठ्दै भन्छ,
हजुर…
हामीलाई अहिले समृद्धि चाहिएकै छैन
बस्…सास धान्न पाए पुग्छ
हामीलाई बाँच्न मात्र दिनुस्
आफैं गरिखान्छौं,
हजुरहरु समृद्धि बिस्तारै ल्याउँदे गर्नुहोला ।
र पनि,
यो मलिनो आवाज
भरिएको पेटले सुन्दै सुनेन ।