
तिमी मेरो मनको बहार बनेर आयौ
परिवार छोडेर सौरभ छानेर आयौ
बित्दैछन् तिमीसँगै सुख दुःखका पलहरू
जीवनको क्यानभास सुन्दर ठानेर आयौ
बाँधिएका छौं हामी मन, वचन र आत्माले
मलाई नै आफ्नो संसार भनी मानेर आयौ
माग्दछु साथ भगवानसँग तिम्रो जुनी जुनी
स्वीकार्छु सार सुख दुःख भनी जानेर आयौ।
हालः पोखरा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
