जसलाई जानु थिएन ऊ गइदियो
जसलाई आउनु थिएन ऊ सधैँ आइदियो
सत्ता छाडेर भाग्नेहरूको भीड छ
कता छन् ती खोजी भइरहेछ बन्दूक लिएर
जे हुनु थियो त्यो कहिल्यै भएन
नहुनुपर्ने जति एकपछि अर्को भइदियो
बाटो कसैले खनेर छाडेको हुँदैन
हिँड्नेहरूले बाटो बनाएको देखिएन
सजिलो बाटो हिँड्नेहरूको छलछाम छ
मेहनत एउटाको खाने अर्को जमाना यस्तो छ
को छ आजको प्रमुख अतिथि चिन्न छाडियो ।
को आयो को गयो किन चाहियो
सबैको बानीबेहोरा बाचा उस्तै हो
यस्तो पनि एउटा सभ्यता निर्मित छ
सोझालाई ठग्ने सधैँ शीर्षमा छ
कसैले थैली मुख बलियो गरी बाँध्दैमा के हुन्छ ?
जब घरमै चोर छ भने बाहिर इमान खोजेर पाइन्न
मानिस हेर मित्र एक पटक मात्र चिनिने हो
चिनिसकेपछि पनि उसैलाई पुज्ने बानी किन हो ?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला