जब
समाजले शिक्षकहरू सृष्टि गर्यो
जसले हामीलाई विशेष
दिए साथीहरू
हामीलाई उनले संसार बुझ्न मद्दत गरे
र
साँच्चै बुझ्नुमा
सुन्दरता
अनि आश्चर्य
हामीले देख्ने सबै कुरामा,
र
एक राम्रो मान्छे बन्न
प्रत्येक खोजसँग
प्रेरित गरिरहे
जब
समाजले शिक्षकहरू सृष्टि गर्यो
उनीहरूले हामीलाई विशेष
मार्गदर्शन गरे
हामीलाई बढ्ने तरिकाहरू देखाउन
त्यसैले,
हामी सबै निर्णय गर्न सक्छौं
कसरी बाँच्ने
र
कसरी गर्ने ?
गलतको सट्टा के सही
हामीलाई नेतृत्व गर्न
ताकि हामी नेतृत्व गर्न सकुँ !
र
कसरी बलियो बन्ने
सीप सिक्न
समाजले किन शिक्षकहरू
सृष्टि गरे ?
उनीहरूको बुद्धि
र
समाजकै अनुग्रहमा ?
हामीलाई सहयोग गर्नु थियो
हाम्रो संसार बनाउन
एक राम्रो बुद्धिमान ठाउँ
निर्माण गर्न
आजकल बदलिएको छ समाज
समाज समाज जस्तै छैन
या
बन्न सकिरहेको छैन
शिक्षक बनाएर
एउटा श्रमजीवीलाई
न शिक्षक बन्न दियो
न गुरु कहलाउन
भरमग्दुर प्रयास गर्यो
परिभाषालाई
बेलगाम छाडेर
अराजकताको तकियामा
भुमण्डलीकृत
तर
बाँधिएका नयनले
जस्तो देख्छ – उस्तै देखियो
गुफाभित्रको जुन
प्रकाश हुन्छ
उस्तै – अँध्यारो जस्तै
वेदव्यासको भूमिमा
अचेल !
वालिङ्, स्याङ्जा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।