रङ्गहीन परन्तु गोचर नीर
अस्तित्व जसको नित्य निरन्तर
आकारहीन अनि परिधि अनन्त
चराचर जगत् सदा समाहित
शितल पवन बहन्छ नभमै
सूर्योदय अनि अस्त क्षितिजमै
प्राणवायु लिई हरदम साथ
सहकालको दूत बादलु बास
ताराको चमचम बर्सादी रिमझिम
इन्द्रेणी अङ्गालो मेघको झिमझिम
अटाउने यी सब सौन्दर्य मन हर्ने
घटाकाश छिनमै महाकाशमा सर्ने
सृष्टिको साक्षी अविरल सत्ता
छैन अभाव जाउ जता जता
निश्कलङ्क सम स्वच्छ वरदान
रमाऊ राखिकन यसको मान ।