महाकवि देवकोटाले कवितामा
रुख रोपे
रुख हुर्काए
रुख बढाए
आज उनैले हुर्काएको रुखले
हामीलाई छहारी दिंदैछ
आदिकवि भानुभक्तले
काव्यमा
वन जोगाए
हरियाली बनाए
हराभरा भयो प्रकृति
आज उनकै पदचाप पछ्याउँदै
स्वस्थ सास फेर्दैछौँ हामी
कवि शिरोमणि लेखनाथको
पर्याचिन्तनले
हामीलाई
वन्यजन्तु संरक्षण गर्न सिकायो
पशुपंक्षी र जनावरलाई
माया गर्न सिकायो
मानवतावादी पाठ पढायो
युगकवि सिद्धिचरणको
देशप्रेमले हामीलाई
माटोको सुगन्ध चखायो
आफ्नो जन्मभूमिप्रतिको
श्रद्धा, भक्ति र अगाध स्नेह दिलायो
माटो, प्रकृति र पर्यावरणको
सम्बन्ध सुझायो
हामी धन्य भयौं
हामी कृतज्ञ भयौं
हाम्रा कविहरूले सदियौँदेखि हामीलाई
प्रकृतिप्रेम सिकाए
माटो र देशको भक्ति बुझाए
पर्याचेतको पाठ पढाए
अब हामी पनि
तिनै महापुरुषहरूले देखाएको
प्राकृतिक बाटो हिंड्न
हातेमालो गरौं ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला