म हिन्दु उनी मुस्लिम
धर्म फरक, तर रगत एक छ त
म प्रेमी उनी प्रेमिका
जात फरक, तर माया एक छ त
म मन्दिर जान्छु उनी मस्जिद
स्वरुप फरक, तर भगवान एक छ त
म उनको लागि माग्छु, उनी मेरो लागि माग्छिन्
प्रार्थना फरक, तर चाहना एक छ त
म कमिज लगाउँछु उनी कुर्था लगाउँछिन्
पहिरन फरक, तर भावना एक छ त
म रातो लगाउँछु उनी हरियो
रङ फरक, तर अस्तित्व एक छ त
म दशैं मनाउँछु उनी इद मनाउँछिन्
चाडपर्व फरक, तर सत्कर्म एक छ त
म उनको लागि व्रत बस्छु, उनी मेरा लागि बस्छिन्
कर्म फरक, तर प्राप्ति एक छ त
म उनको आँखामा डुब्छु, उनी मेरो आँखामा डुब्छिन्
डुबाइ फरक, तर गहिराइ एक छ त
म हाँस्दा खुशी हुन्छिन्, रुँदा उनी एक्लै रुन्छिन्
वेदना फरक, तर लगाव एक छ त
मलाई उनको हुनुछ, उनलाई मेरो हुनुछ
हृदय फरक, तर चाहना एक छ त
म उनको लागि लड्न तयार छु, उनी मेरो लागि मर्न तयार छिन्
संघर्ष फरक, तर बलिदान एक छ त
ब्रह्माण्ड हाम्रो विरुद्ध भए पनि
माया, प्रेम एक छ त !
नुवाकोट, नेपाल
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।