म मरेछु भने एक काम गरे
शव अग्नि चिता जलछेउ धरे
…
म त मुक्त सबै चिजबाट भई
जड बन्दछु जीवनबाट गई
…
अब अर्थ छ के निद, भोक, अरू
सब व्यर्थ छ आशन, पिण्ड, चरु
…
म जलूँ सब शेष कुनै नरही
म घुलूँ जल, वायु, धराबीच ती
…
नरहोस् निशान कुनै म मरी
बस स्मृति न हो एक जादुगरी ।
■
बर्दिया
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला