यो मन अतिशय चञ्चल छिनमै साथ छिनमै दूर
नदेखिने नभेटिने अपितु नित्य हुने महशुस
ज्ञानेन्द्रिय कर्मेन्द्रिय केवल यन्त्र तनका
चल्ने हुन् यी सब खटनपटनमा मनका
नयनमा त्यो सामर्थ्य कहाँ भुल्ने सुन्दरतामा
मधुर होस् वा कर्कश स्वर हराउँछ शून्यतामा
के हो कडा अनि मुलायम कहाँको अनुभूति
असाध्यै मिठो हो या नमिठो नहुने स्वाद कत्ति
मगमग सुवास उडी जाने व्यर्थै आकाशमा
आनन्द न विषाद छ थकित स्थिर सासमा
यी हातपाउका पुरूषार्थ उसैको इसारामा
ग्रहण त्याग हुने सधैँ नै यो मनकै धरामा
इन्द्रिय त केवल सेवक यो सम्राट मनको
कहिले पो छ र न थियो सत्ता स्वतन्त्र तिनको ।
कोटेश्वर, काठमाडौं।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला