आज कस्तो होला दिन ?
जब मेरो मनको मायाको अथाह छ ऋण
आज यता औंशीको रात हुँदा, उता चम्किलो छ दिन
सम्झिदै पुराना कहानी मन काँप्छ छिन–छिन्

हेर्दा हेर्दै समय बितेको पत्तो भएन
सौभाग्यले साथ छोडे नि, अहोभाग्यले बाटो मोडेन
यमराज आए पनि साथ छोड्दिनँ भन्थिन्
मेरे ठूला स्वर भए पनि बोलाउने आँट आएन खै !

मलाई आउँदैन तन्त्र र मन्त्र
मोहनी भाकाले उनको मन छुनै सकेन
रङ्गिदै गर्दा उनको सिउँदो
मेरो आँखामा तिम्रा आँखाबाहेक अर्को तस्वीर आउँदै आएन

निमन्त्रणा पत्र गड्किएका आकाशवाणी भन्दा कम थिएनन्
चट्याङमा चिरिएका बाँझो खेतभन्दा कम घातक भएनन्
लुकाउँदै मनका गाँठा, चट्ट चस्माले छोपेर मनका पीर
पुकार्दै देवका देव, मेरै आँखाले नबिगारोस् नयाँ तक्दिर

शुभकामना दिनेको भिडको कमी थिएन
फेसबुकका भिताले धित मर्ने गरी मुटु चिरेन
श्वास चलिरहँदा पनि मान्छे हुनुको अस्तित्व केही भएन
मै छु भन्ने आज अरुकै हुँदा,
अब यो संसारमा कसैको विश्वास रहेन

टाढा नै बसेर म एक्लै माया गरौंला
सुखका शिखर चुम्नु तिमी
दुःखका पहाड म एक्लै लडौंला
कायनाथ नै उलट्पुलट भए पनि
म मायाको भाका गाउँला
सँगै बाँच्न नसके पनि
तिम्रो सम्झनासँगै एक्लै मरौँला

साथै हुने भाग्य भए
म पर्खी बस्छु तिमी फेरि आउनु है
यो जुनीमा जस्तो अर्को जुनीमा
अरुको हात नसमाउनु है
म म नै रहिनँ, तिमी नै पो भएछु कि खै
सम्हालेर मेरो मन र तनलाई तिमीले नै सम्हाल्नु है ।