आउँछौ भने हेर आज
यो मन खाली खाली छ
मेरो त होइन हेर
भन्ने तिम्रो पाली छ
दोबाटोमा कुरी बस्छु
सुस्त सुस्त आउनु ल!
हावासँग गुनगुनाउँछु
यस्सो थाहा पाउनु ल!
निदरीमा सुसाउँछु
आफ्नो मन उघार्नु ल!
चाँदनीलाई भनिराख्छु
मेरो माया आउँदै छ
मन्द मन्द मुस्कान छोड्छु
यस्सो मन उघार्नु ल!
वसन्तको हरियाली
हाम्रै लागि आउँदैछ
चौतारीमा कुरी बस्छु
अलि चाँडो आउनु ल!
गुराँसको बास्ना पनि
हाम्रै लागि आउँदैछ
गुलाफ पनि हेर आज
झुली झुली हाँसेछ
खुसी भई डाँफे
मुनाल उफ्री उफ्री
हाम्रै लागि नाचेछ
आउँछौ भने हेर आज
यो मन खाली खाली छ ।
बौद्ध, कुमारीगाल
काठमाडौं
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला