तिमी छौ त धर्ती
अनि धर्ती माथिको आकाश छ
बादल, अनि बादलमा शीत छ
दुई साथीबीच झल्किने मित्रताको मिठो मीत छ
तिमी भित्रै मायाको अर्थ छ
पुण्यको लागि गरिने देवताको बर्त (व्रत) छ
तिमी छौ त संसार छ
आपत विपद्मा धनसार छ
तिमीसितै दुखाईमा लाउने मलम छ
भारीमा पनि हलम छ
तिमीलाई घेरै सलाम छ आमा
तिमीलाई धेरै धेरै सलाम छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला