ओ कवि
कुन मुखले लेख्छौ
समानताका कविताहरू
तिमी भरिएका छौ
तिम्रो खल्ती तातो छ
तिम्रा शरीरबाट
अत्तरको गन्ध आउँछ
अनि के जान्छौ
परिश्रमीका शरीरबाट आउने
पसिनाको सुगन्ध!
र,
लेख्छौ श्रमिकका व्यथा गाथाहरू
ओ कवि
तिम्ले गरीवमाथि कहिल्यै
कलम चलायौ ?
तिम्रा वरिपरि त
तिमीजस्तै भरिएकाहरू छन्
कहाँ देख्छौ रित्तिएका
निमुखा र गरिवीको आगोको राफताफमा जलेकाहरू
सामन्तलाई बा पुज्ने कवि
सुन,
तिम्रा सहित्य रचनाहरू
भात र दलिल चाप्लुसीमा
शब्दहरू मालाजस्तै उनिन्छन्
तिमीले उनेनौ
-जात व्यवस्था
-धर्मिक अतिबाद
-अभिव्यक्ति स्वतन्त्रता
-न्यायिक राज्य आदि
ओ कवि
कहिले लेख्छन् तिम्रा हातहरूले
उत्पीडित समुदायका मुक्ति, संघर्षका कविताहरू !?
कविवर !
यो कवियुग हो
छाडिदेऊ श्रृंगारिक रचनाहरू
निस्क सामन्ती संस्कारबाट
समाऊ काँपेका औँलाहरूले कलम
र,
लेख देश ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ जेष्ठ २०८३, शुक्रबार 










