घरको काममा पनि आमा
गोठको काममा पनि
कामै काममा मेरी आमा
चर्को घाममा पनि
चिसोमा नि मेरै आमा
पानी पर्दा आमा
सबैले खाना खान्छन्
भोकै पर्दा आमा
भान्सामा नि मेरी आमा
मेलामा नि आमा
काम गर्ने अरू सुत्ने
बेलामा नि आमा
आमा आमा मेरी आमा
चारैतिर आमा
दुनियाँको दुःख सुख
पीरमा पनि आमा
हामी दुःखी हुँदा आमा
त्यसै दुःखी हुने
हामी खुसी हुँदा आमा
यसै खुसी हुने
गुरू पनि मेरी आमा
देउता पनि आमा
संसारैमा माया गर्ने
एउटा पनि आमा ।
पोखरा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला