इन्स्ब्रुक, अष्ट्रियाको शान्त र रमणीय सहर
जहाँ हिमालको चुलोले आकाशसँग मिल्छ
नदीको मुहारमा सूर्यको किरण खेल्छ
र हावा सँगै उड्दै जान्छ संसारको शीतलता

पर्वतका काखमा हरियाली बग्दै
शहरको गल्लीमा मुस्कान फैलिंदै
हरेक पाइलामा इतिहास बोल्छ
यो शहर
यहाँको जीवन साँचै अद्भुत छ

हिमालका शिखरले यहाँको शोभा बढाउँछन्
नदीका लहरहरू सँगै गीत गाउँछन्
धेरै चिसो र शान्ति यहाँका दिनहरू
सपना जस्तो, कल्पनाबाट बाहिर निस्केको
सुन्दरताको कुदन

हजारौं पर्यटक यात्रा गर्न यहाँ आउँछन्
र हरेक हृदयमा शान्तिको गुञ्ज उठाउँछन्
इन्स्ब्रुक, तिमी साँच्चै स्वर्गिक छौ
तिमीमा हर्ष र शान्तिसँगै साँचिएको सपना छौ

इन्स्ब्रुक !
तिम्रो बयान गर्न सक्दिनँ
तिमीले लगाएको गुन तिर्न सक्दिनँ
आकाशझैं फराकिलो छ तिम्रो हृदय
सयौंको भविष्य निर्माण गरिदिएका छौ
हजारौंको भोक र प्यास मेटाएका छौ
त्यसैले त तिमी महान् छौ

तिमीलाई भेट्न आउनेहरू
मन्त्रमुग्ध भएर फर्किन्छन्
तिम्रो सुन्दरता र महानताको
सबैले प्रशंसा गर्दछन् ।