छठको छटा हेर्नु मिठो, गंगा किनारैमा
नदीको पानीमा देखियो, अर्घ्य चढाउने सपना
माटाको दियो बाल्छन् सबै, दीपको ज्योति फैलिन्छ
आस्था र भक्तिको ज्वार उठ्छ, मन शान्ति मै लीन हुन्छ
अरुणोदयमा छमछमी, डुब्छन् सबका चित्तहरू
सूर्यलाई पूजा अर्पण गर्दै, खुल्छन् धर्मका कित्तहरू
कस्तो पवित्र छ यो पर्व, छठको छटा छ, रमाइलो
समर्पण र श्रद्धाले भरिएको, नेपाली मनको नाइलो
धरती र सूर्यको यो मिलन, जीवनको उत्सव हो
छठ पर्वको आशीर्वादले, भरियो खुसीको क्षण हो
छठको अवसरमा आओँ सबै, एकता सँग सँगै जिउँ
धर्म र संस्कृतिको मेलोमा, खुसीका दीपहरू बालौँ बालौँ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला