उसको
इतिहास लेखियो
उसले प्रतिकूलतालाई चिर्दै
निरङ्कुशतासँग भिड्दै
सार्थक जीवन बाँच्यो
कविता काव्यमा रमायो
निबन्धमा चम्चमायो
नाटक, कथामा पनि आयो
उपन्यास ल्यायो
समालोचनामा पनि छायो
नेपाल सुन्दर शान्त विशाल पायो
देश गायो
परिवेश गायो
सन्देश ल्यायो
नेपाली साहित्यकै कालजयी बन्यो
बर्बरायो कवितामा
सपना देख्यो कवितामा
भविष्य र सम्भावना पनि देख्यो
धावा बोलेर आयो
नौ वटै रसमा गायो
दर्जनौँ छन्दमा गायो
गद्यले झन् सशक्तता पायो
स्वच्छन्दता वाद ल्यायो
विद्रोहमा आगो खायो
दाल, भात, डुकु गायो
मुनामदन ल्यायो
शाकुन्तल, प्रमिथस खायो
पागलको संज्ञा पायो
संसारलाई पागल देख्यो
मनको सत्य लेख्यो
अलङ्कार र ध्वनिमा जोख्यो
बिम्ब र प्रतीकमा पोख्यो
खण्डकाव्यमा छायो
महाकाव्यको बहार नै ल्यायो
नेपाली साहित्यले
साँच्चिकै उचाइ पायो
शब्दमा
भावमा
अभावमा
वादमा
संवादमा
अनुवादमा
रागमा
विरागमा
आजादमा
यत्रतत्र सर्वत्र
मेरो प्रिय कवि,
देवकोटा नै छायो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।