परदेशमा समय
—शैलेन्द्र साकार
इन्टरनेटले ओसारेको सुख दुःखमा देशको राजनीति जस्तै
अत्तालिएको मन बारम्बार त्यही सहरमा
हाम्फाल्न चाहन्छ
जहाँ जिन्दगीका अत्युत्तम वर्षहरू खर्चेर मैले सुरु गरेको थिएँ जीवन !
असंख्य मानिसहरूले छोपेको
सडकको बीच भएर हिंडिरहन्छ आयु
मानिसहरूका कुममा छोएर खोजिरहन्छ
बाँचिरहनुको सुख ।
आफ्ना किशोरीहरूलाई पेन्टीमा
अघि लगाएर
बुज्रुकहरू स्वीमिङ पुलतिर गइरहेछन् र उराठलाग्दो गर्मीमा
उधारिरहन्छन् समय पुरानो स्विटरलाई झैं
फेरि बुन्न ।
फोसिल क्रिक पार्कमा
पोखरीको सीमा बाहिर
उँधो मुण्टो लगाएर
टुक्रुक्क बसेका हाँसहरू झंै
त्यसरी नै समय
त्यसरी नै घोसेमुण्टो लगाएर
बसेको समय ।
(प्रख्यात कवि शैलेन्द्र साकार कविता लेखनका बारेमा भन्नुहुन्छ– दासताबाट प्राप्त शान्तिभन्दा मेरा लागि संकटग्रस्त स्वतन्त्रता प्रिय छ ।)
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला