पुरुषोत्तम उपाध्याय दाहाल

तीन तीनवटी सासुआमा छन् मेरी
शायद तालमेल मिलाउन गाह्रो हुन सक्छ
जीवन धान्न साह्रो हुन सक्छ
हे राम, बरु म तिमीसँग वनवास नै जान्छु

जेठी आमाको कुरा मानौँ
माइली आमाको कुरा मानौँ
या कान्छी आमाको कुरा नै सुनौँ
दोधारमा चल्नुपर्छ शायद मैले
मझधारमा पनि पर्न सक्छु म कुनै दिन
हे राम ! बरु म तिमीसँग वनवास नै जान्छु

पतिव्रता भएर गएकी भनेर शायद इतिहासमा लेखिन्छ होला
भन्नेले जे भनून्
लेख्नेले जे लेखून्
बरु एक छाक खाने हो तर सँगै बस्ने हो
तीन तीन वटी आमाहरूबाट समस्या हुन सक्छ हजुर
कुनै न कुनै दिन हुन्छ नै पक्का
हे राम ! बरु म तिमीसँग वनवास नै जान्छु।

पतिव्रता त समाजलाई मेरो एउटा स्पष्ट सन्देश न हो
नम्बर वान पतिव्रता नारी हुने दृष्टान्त देखाउँछु
जङ्गलको बाटो र जीवन जति सङ्कट छ
तीन आमासँग कटाउन शायद त्यो भन्दा ज्यादा सङ्कट छ
भित्री कुरा भित्रै राख्छु
बाहिरी कुरा भन्दै जान्छु
मैले वास्तव समस्याको निदान गर्नु परेको छ
भित्री मनलाई सुन्नु परेको छ
हे नाथ ! म तिमीसँग वनवास नै जान्छु
हे नाथ!म तिमीसँग वनवास नै जान्छु।
**********

दिव्यालय कुटीर
गुवाहाटी