आउँछ समय खास, मैले भनेकै थिएँ
नमार्नु कसैले आश, मैले भनेकै थिएँ
कति गर्छौ अब त अति भो जय जयकार
हामी फेल उनीहरू पास, मैले भनेकै थिएँ
सबै थिए धर्म थिएन र युद्ध दुर्योधनले हारे
शकुनी, दुस्शासनहरू बदमास, मैले भनेकै थिएँ
न भरिन्छ, न पुग्दछ धन सम्पत्ति र भोगले
पुगोस् सबैको गाँस, बास, कपास मैले भनेकै थिएँ
सेवा हो, प्रेम हो जीवनको अमूल्य कर्म
सर्वत्र छरियोस् यही आभास मैले भनेकै थिएँ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ कार्तिक २०८२, शुक्रबार 








