फूल आफु
खोसिन्छ,चिमटिन्छ,चुटिन्छ –हाङ्गाबाट

मान्छेको लागि धागोमा उनिन्न्छ
प्रेम जोडिदिन्छ
सम्बन्ध जोडिदिन्छ ।

फूल आफ मरेर
मान्छेको जन्मोत्सव मनाउँछ
भाइटिकामा दायुभाइको गलामा माला बन्छ
पूजाका थाली कलश र मुर्तिमा सजिन्छ
मान्छेका अन्तिम यात्रामा श्रध्दा सुमन् बन्छ ।

सबैलाइ मनपर्ने
सबैको प्रिय
फूल मर्न र मार्न हुँदैनथ्यो ,
यहाँ
फूलको नियति भनु या बिडम्बना ?
फूलको मृत्युमा
मान्छेको खुसी र सुन्दरता छ
मान्छेको सन्तुष्टि र आनन्द छ ।