आज अचानक,
चोटा कोठाको भित्तामा टाँगिएको
जीर्ण क्यानभासको पुरानो तस्वीर
उसै उसै फिक्का फिक्का देखेँ
सायद
अब नयाँ रङ फेर्नु पर्छ

जब, रङ किन्न निस्किएँ
चाँपजस्तै
सेताम्य फूलकी आमालाई
वृद्ध आश्रममा छाडेर
कान्छा कुद्दै छ हतासिएर
चाँपको सुगन्ध भुल्दै
हातभरि रातो कागजी गुलाब लिएर
उही प्यारी कान्छीलाई फकाउन

लाग्यो,
अब उस्तै छाड्दिम पुराना तस्वीर
समाजले रङ फेरिसके छ
यता उता खोजेँ
ती कुची पनि हराइसकेछ
अनि त मैले
तस्वीरहरू फिक्का फिक्का नै राखेँ ।

इलाम ३