मेरा साना ठूला गल्तीहरूलाई माफ गर्नुभयो हजुरले
दुःख र अँध्यारोबाट सधैँ बचाउनु भयो हजुरले
आफू, आफू घाम पानी धुलो धुवाँमा भए पनि
सधै हामीलाई सफा सुग्घर मै राख्नु भयो हजुरले
“ बा ! हजुर साँच्चिकै भगवान् नै हुनुहुन्छ हाम्रो लागि”
हजुर भगवान् नै हुनुहुन्छ ।
आफ्नो तो पुराना सर्ट पाइन्टहरू कहिले फाटेन हजुरको
बजार जाँदा होस् या घर मा काम गर्दा होस्
सधैँ एउटै लुगा लगाएर हामीलाई
नयाँ कपडा ल्याउने बानी कहिले हटेन हजुरको
आफू खाली खुट्टा हिँडेर पनि हामीलाई
नयाँ जुत्ता ल्याउने बानी कहिले हटेन हजुरको
यसैले त बा हजुर भगवान् नै हुनुहुन्छ ।
हजुर भगवान् नै हुनुहुन्छ ।
फेरि एक चोटि नमन हजुरलाई बा !
हिजो ताते ताते गर्ने उमेरमा होस् या
अहिले ठूलो भएर हिँड्न सक्ने बेलामा होस्
तिम्रै काध र पाखुरीमा रजाई गरिरहेछु ।
हामीलाई बोकेर कहिले हजुरको काँध गलेन
हिजो होस या आज हजुरको मायामा कमि आएन
तेसैले त
म भन्छु बा ! हजुर भगवान् नै हुनुहुन्छ ।
बा ! हजुर भगवान् नै हुनुहुन्छ ।
यसैले, मलाई न जाडोले छुन पायो
न त गर्मी ले नै
बिरामी हुँदा रात अनिधो मै बिताउनु भयो ।
नपुग्दा नखाई अघाउनु भयो ।
चोट लाग्दा केही भएन भनेर टार्नु भयो ।
जहिले जे जस्तै गल्ती गरि पनि
हाँसी हाँसी रमाइलो मान्नु भयो ।
आफ्नो आँसुलाई लुकाई सधै हाँसो देखाउन सक्ने हजुर
हाम्रो लागि मुर्ती बिनाकै भगवान् हुनुभयो ।
मुर्ती बिनाकै भगवान् नै हुनु भयो ।
ऋण लागे पनि सधै हामीलाई खुसी राख्नुभयो ।
मीठा मीठा खानेकुराहरू ल्याएर खान दिनुभयो ।
आफ्ना इक्षाहरूलाई किन लुकाउनु भयो हजुरले
मैले लगाएको र खाएको हेरेर कसरी अगाउनु भयो ?
दुःख को अगाडी ढुङ्गा र मेरो अगाडी फूल कसरी बन्नुभयो ?
भनुस् मलाई ।
हजारौं पीडा लुकाउन सक्ने यति सिपालु हजुर कसरी बन्नुभयो ?
बा !!
आखिर हजुर को हो ?
यसैले त म भन्छु बा हजुर मुर्ती बिनाकै भगवान् हो ।
बा ! हजुर भगवान् हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।